गीतमा गाउँमै दशैं तिहार मनाउन आव्हान

काठमाडौं । लोक गायक राजु परियार र गायिका शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाउ दशैं तिहार’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रिमेशकुमार थापाको लय र संगीत, जीवन प्याकुरेलको शब्द, विजय थापाको संगीत संयोजन र कृष्ण बाजुरालीको मिक्सिङ तथा मास्टरिङ छ ।

विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको भिडियोमा टीका जैसी, ध्रुव हिमाली र दिनेश केसीको अभिनय छ । भिडियोमा अमन बडुको छायांकन, लक्ष्मण चौहानको सम्पादन र रिमेशकुमार थापाको निर्माण छ ।

गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।