बाँसैको चोयालेमा नीर र रुबिनाको मायाप्रिती

काठमाडौं । लोकदोहोरी गीत ‘बाँसैको चोयाले’ को भिडियो सार्वजनिक भएको छ । बलबहादुर गुरुङ(बीबी) र मनमाया वाइबाको स्वर रहेको गीतमा गीतकार, संगीतकार तथा लोक तथा दोहोरी उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालको शब्द तथा संगीत छ ।

कोरस भोकलमा गायिका गीता सेन्चुरी, सरु थापा, गायक गंगा पुन, सुखदेव अधिकारीले स्वर दिएका छन् । गीतमा कृष्ण विकको संगीत संयोजन छ । मारुनी डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा सुमन रानाको टेक र कुमार रानाको मास्टरिङ तथा मिक्सिङ छ ।

भिडियोमा निर आले र रुबिना अधिकारी फिचर्ड छन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा करन चैसिरको छांयाकन र मनोज कार्कीको सम्पादन छ । भिडियोमा बिबि गुरुङ युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।