नृपेशको कोसेली फूलको थुँगामा एलिना

काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत ‘कोसेलीः फूलको थुँगा’को भिडियो सार्वजनिक भएको छ । गीतमा बेलायतमा बस्दै आएका नृपेश उप्रेतीको शब्द तथा संगीत छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ ।

भिडियोमा गायिका एलिनासँगै गायक कृषल कँडेल फिचर्ड छन् । ह्वाइट मिडियाले निर्माण गरेको भिडियोको सम्पादन र निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।

भिडियोमा नमराज घिमिरेको छायांकन र प्रविन थापाको कोरियोग्राफी छ ।