कमलको संगीतमा प्रेमभावको तिमीलाई भेट्दा

काठमाडौं । गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘तिमीलाई भेट्दा’को भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश दाहालको शब्द तथा कमल खनालको संगीत छ । गीतमा सन्जिब बराइलीको एरेन्ज छ ।

प्रेमभावको गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको जोडी फिचर्ड छन् । लक्ष्मी र जीवनकै निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन र रंग संयोजन छ ।

भिडियो संगीतकार कमलकै अफिसियल युट्युब च्यानल कमल खनाल म्यूजिकलबाट सार्वजनिक गरिएको हो ।