मुम्बई(एजेन्सी) । यदी कोही बच्चा बाल्यकालमा कसैलाई विद्यालयको गृहकार्य गर्न पसिना छुट्थ्यो भने यस्तो बच्चा ठूलो भएर के बन्ला ? बलिउड अभिनेता ऋतिक रोशन, अभिषेक बच्चन र तापसी पन्नू यही कुराको उदाहरण हुन् । हालका दिनमा केही स्टारले आफूहरु डिप्रेसनको सिकार भइसकेको बताइसकेका छन् । दीपिका पादुकोण, शाहीन भट्ट र इलियाना डिक्रूजले आफूहरु डिप्रेसनमा गएको स्वीकार गरिसकेका छन् । उनीहरुले कसरी मेडिकेसन र सकारात्मक सोचले आफूलाई ठिक बनाएका छन् भन्ने कुरा पनि बताइसकेका छन् । तर शारीरिक कमिका साथ अभिनेता बन्नु जस्तै राणा डग्गुबाती जसको एक आँखा नकली छ । सुधा चंद्रन जसले आफ्नो एक खुट्टा दुर्घटनामा गुमाएकी छन् ।
अभिनेता ऋतिक रोशनको पिता राकेश रोशनले जिन्दगीमा एउटा कुरा कहिल्यै सोचेका थिएनन् कि उनका छोरा ठूलो स्टार बन्छ र जसको संवादले युवा पिढी उसको दिवाना बन्छन् । किनकी बाल्यकालदेखि नै ऋतिक ठिकसँग बोल्दैन थिए । उनी तोते बोल्थे र भकभकाउथे । यसको कारण उनमा सेल्फ कन्भिफेन्स थिएन । दुब्ला पातलो र लजालु ऋतिकका पिता र नाना प्रोड्युसर ओम प्रकाश ऋतिकको कारण समस्यामा थिए । राकेशले ऋतिकलार्य स्पीच थेरापिस्ट कहाँ लान थालेपछि उनलाई सही रुपमा बोल्नका लागि वर्षौ समय लागेको थियो । ऋतिक आज पनि बाल्यकालमा आफू ठिक रुपमा बोल्न नसकेको कुरालाई स्वीकार्नमा हिचकिचाउदैनन् । उनले जसरी आफ्नो भकभके बोलीलाई उनले काबुमा लिए, यस्तै किसिमले जिन्दगीमा कुनै समस्या समाधान गर्न सकिने उनको बुझाई छ ।
जुन समयमा अभिनेता अभिषेक बच्चन ठूलो हुँदै थिए, त्यो बेला उनका पिता अमिताभ सुपरस्टार थिए । आफ्नो छोराका लागि उनलाई समय पनि थिएन । जब अभिषेक कक्षामा पछाडि पर्न थाले, बिग बीलाई छोरामा केही कमजोरी रहेको हुनसक्ने अनुमान लगाए । अमिताभले चिकित्सक कहाँ लगेर देखाएपछि अभिषेकलाई डिसलेक्सिया रहेको पत्ता लाग्यो । यो रोग लागेको व्यक्ति विस्तारै पढ्ने र अक्षर पनि ठिक रुपमा नसम्झने गर्दछ । उनको उपचार शुरु भयो । यसअघि पढाईमा राम्रो नम्बर नआउँदा उनले धेरैपटक आमाबाबुको गाली गाएका थिए । त्यसपछि अमिताभले अभिषेकलाई जे मन लाग्छ त्यही बन्नु भनेपछि उनले अभिनेता बन्ने निर्णय लिए ।
अभिनेत्री तापसी पन्नु बाल्यकालमा यति हायपर सक्रिय थिइन् कि उनी एकठाउँमा धेरै समय बस्न सक्दिन थिइन् । हरेक समय उनी तोडफोड र झगडा गरिरहन्थिन् । जब उनको यो समस्या आमाबाबुले थाहा पाए, उनीहरुले छोरीको उपचार शुरु गरे । उनलाई अर्को काममा व्यस्त बनाइयो, जसले गर्दा उनीहरुको शक्ति ठाउँमा सदुपयोग होस् । एक समय तापसीलाई खेलकुदको बानी लागेको थियो । खेल र अन्य क्रियाकलापबाट उनले रोगलाई मुक्ति दिइन् ।