दशैं तिहारमा रमाए आर्यन र आँचल

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री आँचल शर्मा फिचर्ड गीत ‘दशैं तिहार’को भिडियो सार्वजनिक भएको छ । सुजन तिगेला लिम्बु र मेलिना राईको रहेको गीतको भिडियोमा सुजन तिगेला लिम्बु, रेबिका गुरुङ र क्षितिज सुबेदी फिचर्ड छन् । भिडियोमा मिलन चाम्सको निर्देशन छ । गीतमा सुजनकै शब्द र संगीत छ ।

सुदिप बरालको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, जुनीम गहतराजको कलर संयोजन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ । भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।