रणवीर र आलियाको बेटुंगो विवाह

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपूरकी आमा नीतू कपूरको डान्सिङ भिडियो जबदेखि भाइरल भयो, त्यही समयदेखि रणवीर र अभिनेत्री आलिया भट्टको सम्भावित विवाहले एकपटक पुनः चर्चा पाएको छ । भिडियो हेरेका दर्शकले नीतू छोरा रणवीरको विवाहको रिहल्सल गरिरहेको हुनसक्ने अनुमान लगाएका छन् । तर सत्यकुरा यो हो कि रणवीर र आलियाको विवाह न यो वर्ष सम्भव छ, न त आउने वर्षमा नै सम्भव छ । किनकी नीतूलाई नृत्य मनपर्छ, त्यही कारण उनले छमछम नाचिन् ।

कपूर खानका एक सदस्यका अनुसार कपूर खानमा यो वर्ष त के आगामी वर्ष पनि कुनै विवाहका कार्यक्रम छैनन् । ‘ऋषि कपूरको अप्रिल २०२० मा निधन भयो । यस्तो अवस्थामा सन् २०२१ को मध्यसम्म विवाहको कुनै प्रश्नै उठ्दैन । जबसम्म उनीहरु(रणवीर–आलिया) आफ्नो सम्बन्धलाई चाँडै कानूनी मान्यता दिने इच्छा जाहेर गर्दैनन् । तबसम्म रणवीरकी आमा(नीतू कपूर)लाई दुवैको विवाहमा कुनै आपत्ति हुनेछैन । तर अहिलेसम्म रणवीर र आलियाले विवाहको बारेमा केही सोचेका छैनन्’, ती सदस्यले भने ।

उनका अनुसार रणवीर र आलिया आफैं विवाहका लागि तयार नभएकाले पनि उनीहरुको विवाह कहिले हुने भन्ने कुनै ठेगान छैन ।