अस्मिताको प्यारमा परे जगदीश

काठमाडौं । गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा बसेर सिर्जनामा सक्रिय गीतकार अनु शाहको शब्द रहेको गीतमा नारायण सुवेदी आभाषको संगीत र उदयराज पौडेलले संगीत संयोजन रहेको छ ।

एक प्रेमजोडीको प्रेमकथा प्रस्तुत गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्द फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र निकेश खड्काको निर्देशन छ ।