एक लभरमा फरक साहिल

काठमाडौं । सर्ट फिल्म ‘एक लभर’को फस्टलुक सार्वजनिक भएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्मको दुई फस्टलुक सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

सीए दुर्गाप्रसाद ज्ञवालीले फिल्मको निर्माण गरेका हुन् । प्रेमकथामा आधारित फिल्मको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेमभाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमा युवाको भिन्नै चरित्रलाई देखाउन खोजिएको छ ।

विगत १२ वर्षदेखि फिल्म सम्पादकको रुपमा काम गर्दै आएका सम्पादक तथा ट्रेलर मास्टर साहिल खानलाई फिल्ममा भिन्न लुक्समा देखाइएको छ । टौवा क्रिएसनले डिजाइन गरेको पोस्टरमा साहिल खान र अनुपमा भण्डारी फिचर्ड छन् । फिल्ममा राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय छ ।

फिल्मको यतिबेला मुभी फ्याक्ट्रीमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । रामजी ज्ञवाली निर्देशित फिल्ममा आर्यन अधिकारी सहायक निर्देशक छन् । फिल्म कार्तिक १७ गते रिलिज हुनेछ । निर्देशक ज्ञवालीका अनुसार फिल्म प्रदर्शन गर्नुअघि ट्रेलर र गीत सार्वजनिक गरिनेछ । फिल्ममा रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट, स्क्रिनप्ले र डाइलग रहेको छ ।