सलमानको राधेमा कोरियाली एक्सन कोरियोग्राफर

मुम्बई(एजेन्सी) । लकडाउनका कारण करिब ७ महिनासम्म सुटिङबाट टाढिएका अभिनेता सलमान खानले अब ‘राधे’को सुटिङ करिब करिब पुरा गरेका छन् । बाँकी केही दृश्य छायांकनका लागि सलमान जुटिसकेका छन् । जहाँ फिल्मको एक हाइ अक्टेन एक्सन सीन सुट हुन बाँकी छ । यो कामका लागि सलमानले कोरियानी एक्सन कोरियोग्राफर क्वोन ताई होलाई छनोट गरेका छन् । ताईले यो फिल्मका केही एक्सन दृश्य निर्देशन गर्नेछन् ।

ताई हो यसअघि नोभेम्बर २०१९ मा यो दृश्य सुट गर्नका लागि भारत आएका थिए । फिल्मका निर्देशक प्रभु देवा केही स्लीक र फास्ट एक्सन सीन सुट गर्न चाहन्थे । सीनमा सलमान अर्थात राधे, गोअन ड्रग माफियाका प्रमुख रणदीप हुड्डाबीचको फाइट देखाइनेछ ।

ताई एक महिनासम्म भारतमै बसेका थिए । फाइन सीनको सुटिङ बान्द्रा स्टुडियोमा भएको थियो । ताई पनि यो दृश्यमा सलमानसँग देखिनेछन् । फाइटका दृश्यहरु डिम लाइट र धुँवामा खिचिनेछ ।