छोरी उमेरका अभिनेत्रीसँग रोमान्टिक यी अभिनेता

मुम्बई(एजेन्सी) । फिल्मी पर्दामा लामो समयसम्म राज गरिसकेका कैयौं अभिनेताअभिनेत्रीहरु आफ्नो उमेरको दोस्रो चरणमा पनि उत्तिकै सक्रिय छन् । तर उनीहरुसँग रोमान्स गर्ने अभिनेत्रीहरुको उमेर अभिनेता भन्दा निकै कम हुन्छ । यस्तो काम बलिउडमा मात्र होइन, दक्षिण भारतीय फिल्ममा पनि कैयौं छन् । कैयौं साउथ स्टारहरु यस्ता छन्, जो आफ्नो उमेरभन्दा धेरै कम अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गरिसकेका छन् । सन् २०१९ मा रिलिज भएको नागार्जुन र रकुल प्रीत सिंह स्टारर फिल्म ‘मनमुथुडु २’मा उनीहरुको जोडी दर्शकका लागि आश्चर्यको विषय थियो । फिल्ममा दुवै रोमान्टिक भूमिकामा थिए र उनीहरुको किसिङ दृश्यले पनि दक्षिण भारतीय फिल्ममा हंगामा मच्चाएको थियो ।

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त त्यो समयमा आए जब उनको फिल्म ‘एथिरन(रोबोट’मा उनका साथ प्रमुख भूमिकामा ऐश्वर्या राय बच्चन देखिइन् । यो फिल्ममा उनलाई ऐश्वर्यासँग रोमान्स गर्न निकै अप्ठ्यारो भइरहेको थियो । किनकी ऐश्वर्या अमिताभकी बुहारी थिइन् । उता रजनीकान्त अमिताभको राम्रो साथी थिए । त्यहीकारण पनि फिल्ममा उनले ऐश्वर्यालाई बुहारीजस्तो व्यवहार गरे । तमिल स्टार थाला अजीत र अभिनेत्री काजल अग्रवालको उमेरमा १० वर्ष भन्दा बढी छ । तर दुवैले फिल्म ‘विवेगम’मा पति र पत्नीको भूमिका निर्वाह गरे । अभिनेता चिन्जीवीको फिल्म ‘सई रा नरसिम्हा रेड्डी’मा तमन्ना भाटियाले उनको श्रीमतिको भूमिका निभाइन् । जबकी दुवैको उमेर अन्तर निकै फरक छ ।

फिल्म ‘सोग्गडे चिन्नी नयना’मा नागार्जुन आफ्नो आधा उमेरकी अभिनेत्री लावण्या त्रिपाठीसँग अनस्क्रिन रोमान्समा मस्त थिए । सन् २०१७ मा रिलिज चिरन्जीवीको फिल्म ‘खिलाडी नम्बर १५०’मा उनको अपोजिटमा काजल अग्रवाल थिइन् । यो फिल्ममा दुवैजना रोमान्टिक जोडीका रुपमा थिए । जबकी उनीहरुको उमेरमा ठूलो अन्तर छ । मोहनलाल र ममूटी दुवैजना आफ्नो उमेर भन्दा आधा उमेरका अभिनेत्रीसँग रोमान्स गर्न निकै चर्चित छन् । फिल्म ‘दृश्यम’मा मोहनलालले मीणाका साथ काम गरेका थिए । दुवैको उमेर अन्तर धेरै छ ।

फिल्म ‘व्हाइट’मा अभिनेत्री हुमा कुरैशीले साउथ सुपरस्टार ममूटीसँग काम गरेकी थिइन् । उमेर हेर्ने हो हुमा अहिले ३० मा हिड्दैछिन् भने ममूटीको उमेर ७० वर्ष हुन लागेको छ । सुपरस्टार रजनीकान्तले फिल्म ‘शिवाजी’मा अभिनेत्री श्रेया सरनसँग अनस्क्रिन रोमान्स गरे । दुवैको केमेष्ट्रीलाई दर्शकले खुबै रुचाए । उनीहरुको उमेरमा पनि ठूलो अन्तर छ । अभिनेता पवन कल्याण पनि अभिनेत्री श्रुति हासनसँग फिल्म ‘गब्बर’ र ‘कट्टमरायडू’ जस्ता फिल्ममा देखिइसकेका छन् । जबकी दुवैको उमेर १५ वर्षको फरक छ ।