फेरि रोमान्स गर्न नजुरेका यी जोडी

मुम्बई(एजेन्सी) । बलिउडमा यस्ता कैयौं जोडी छन्, जसले आफ्नो सुन्दरता र अभिनयले दर्शकको मन जितेका छन् । के तपाईंलाई थाहा छ बलिउडमा कैयौं यस्ता जोडी छन् जसले ठूलो धमाल मच्चाएका छन् । तर पछि उनीहरुले पुनः सँगै काम गरेको कसैले हेर्न पाएको छैन ।

अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या राय बच्चनको जोडी एक समयमा बलिउडको सुपरहिटजोडी थिए । तर दुबैको प्रेम सम्बन्धमा ब्रेकअप भएपछि उनीहरु पुनः एकसाथ पर्दामा देखिएनन् । अभिनेता रणवीर कपूर र अभिनेत्री सोनाक्षी सिन्हालाई एक फिल्मको लागि कास्ट गर्न लागिएको थियो । तर रणवीरले सोनाक्षीको अनुहारले आफू भन्दा जेठो देखिने भएकाले उनीसँग काम गर्न अस्वीकार गरे । त्यसपछि यो जोडी कहिल्यै पनि फिल्ममा सँगै देखिएनन् ।

अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाको नजिकिदोपन फिल्म ‘डन’को बेला अगाडि आएको थियो । तर शाहरुखले आफ्नो परिवारको लागि यो खबर झुटो भन्दै पन्छिए र प्रियंकासँग फेरि काम नगर्ने घोषणा गरे । त्यसो त अभिनेता अक्षय कुमार र अभिनेत्री प्रियंका चोपडाको पनि सुटिङ सेटमा नजिकपना बढेको थियो । यो कुरा अक्षय पत्नी ट्वींकल खन्नाले थाहा पाएपछि प्रियंकासँग काम गरेकोमा उनले चित्त दुखाईन् । त्यसपछि अक्षय पुनः कहिल्यै पनि प्रियंकासँग फिल्ममा देखिएनन् ।बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको प्रेमकथा जोकोहीलाई थाहा छ । अमिताभले जयाको चिन्तालाई मध्यनजर गर्दै रेखासँग काम नगर्ने निर्णय लिएका थिए । उनीहरु पछिल्लेपक फिल्म ‘मुकद्दरका सिकन्दर’मा देखिएका थिए ।

बलिउडका धेरै निर्माता र निर्देशकले अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोणको फ्रेस जोडीलाई फिल्ममा खेलाउन चाहेका छन् । तर हरेक पटक अलग अलग कारणले दीपिकाले सलमानसँग काम गर्न अस्वीकार गर्दै आएकी छन् । अभिनेता अजय देवगन र अभिनेत्री कंगना रनावतले करिब चार फिल्ममा सँगै काम गरेपछि उनीहरुबीच दोस्ती बढेको चर्चा चलेको थियो । यही कारणले अजय पत्नी काजोलले आपत्ति जनाएपछि अजयले कंगनासँग कहिल्यै सँगै काम गरेनन् ।
धेरै कमलाई मात्र थाहा हाला कि अभिनेत्री करीना कपूर फिल्म ‘कहो ना प्यार है’मा अभिनेता ऋतिकको अपोजिटमा देखिन थालेकी थिइन् । तर पढाईका कारण अभिनेत्रीले फिल्म गर्न अस्वीकार गरिन् । यद्यपि तीनदेखि चारवटा फिल्मसँगै गरेपछि उनीहरु पुनः सँगै देखिएनन् ।