संस्कार बनाउन निशान र अस्मिताले गाए चितवनको एअरपोर्ट

काठमाडौं । निर्देशक किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समावेश ‘चितवनको एअरपोट’बोलको गीत बुधबार रेकर्ड गरिएको छ । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ ।

दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए ।

फिल्मको सहनिर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहँु, पोखरा र वीरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ ।