कृष्ण भजनमा मन मोहन

काठमाडौं । कृष्ण भजन ‘मन मोहन’को भिडियो सार्वजनिक भएको छ । उत्साहकान्त मैनालीको स्वर, पुरुषोत्तम रसुवाको शब्द तथा रिमेश कुमारको संगीत रहेको कृष्ण भजनलाइ भव्य सेट लगाएर सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

जनकदिप पराजुलीको निर्देशन रहेको भिडियोमा सागर प्रधानको छायांकन छ । राम पाण्डे र संगम शर्मा फिचर्ड भिडियोमा सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन् ।

धुर्बराज पराजुलीले सम्पादन गरेको भिडियो ओएसार डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।