आर्थिक संकटमा आदित्य नारायण

मुम्बई(एजेन्सी) । बलिउड गायक आदित्य नारायण झा हालका दिनमा आफ्नो विवाहलाई लिएर चर्चामा छन् । हालैमात्र उनले आफू श्वेता अग्रवालसँग अफेयरमा रहेको खुलाएका छन् । यसअघि गायिका नेहा कक्कडसँगको सम्बन्धलाई लिएर पनि उनी चर्चामा थिए । तर अब भने उनको आर्थिक अवस्थाका विषयमा नयाँ कुराको खुलासा भएको छ । यो कुराको खुलासा उनी आफैंले गरेका हुन् । जुन सुन्दा जोकोही पनि चकित पर्न सक्छन् ।

कोरोना भाइरसका कारण जोकोहीलाई पनि असर परेको छ । जसकारण फिल्म उद्योग लामो समयदेखि बन्द छ र योसँग जोडिएका व्यक्तिहरुमा आर्थिक संकट चरम अवस्थामा छ । कैयौंको जागिर गएको छ भने कतिको व्यापार नै ठप्प छ । यस्तो अवस्थामा आदित्यको घरमा पनि यस्तो संकट देखा परेको छ । काम नभएपछि उनको कमाईको स्रोत पनि कमी आएको छ । त्यहीकारण उनको बचतमा ठूलो असर परेको छ र बचत गरेको पैसा पनि घट्दै गएको छ ।

इण्डियन आइडलका होस्ट आदित्यका अनुसार उनको बैंक एकाउण्टमा १८ हजार रुपैंयाँमात्र बचेको छ । ‘यदी यस्तै अवस्था रहिरह्यो भने बाच्नका लागि मोटरसाइकल नै बेच्नुपर्नेछ । यदी सरकारले लकडाउनलाई थप अगाडि भढायो भने मानिसहरु भोकै मर्नेछन् । मेरो पुरा बचत सकिएको छ । मैले जति पनि पैसा म्युचुअल फण्डमा लगाएको थिएँ, त्यो सबै फिर्ता गर्नुपरेको अवस्था छ’, उनले भनेका छन् ।

उनले कसैले पनि एकवर्षसम्म कामै नगर्ने योजना नबनाएको उल्लेख गरेका छन् । ‘कोही पनि व्यक्ति यस किसिमको योजना बनाउदैन । जब तपाईं केही अरबपति बन्नुहुन्नँ । मेरो खातमा १८ हजार रुपैंयाँ मात्र बाँकी छ । त्यसकारण अक्टोबरसम्म मैले काम गरिनँ भने मसँग त्यो पैसा पनि हुँदैन । मलाई मेरो बाइक या अरु केही बेच्नुपर्ने हुन्छ । यो वास्तवमै समस्याग्रस्त कुरा हो । अन्ततः तपाईंले कुनै ठूलो कदम उठाउनुपर्नेछ, जुन आफैंमा गलत पनि हुनसक्छ’, उनले भनेका छन् ।