स्टार किड्सको महंगो पढाई

मुम्बई(एजेन्सी) । कैयौं स्कुल आफ्नो महंगो शुल्का लागि प्रख्यात छ । त केही स्कुल आफ्नो सुविधाका लागि चिनिएका छन् । तर यस्ता पनि स्कुल यसकारण पनि चिनिएका छन्, किनकी त्यहाँ बलिउड स्टारका सन्तान पढ्छन् ।

बलिउड स्टारसँग जोडिएको जुनसुकै कुरा जोकोही जान्न चाहन्छन् । यो कुरा सायदै कमैलाई मात्र थाहा होला कि उनीहरुको सन्तान कुन स्कुलमा पढ्छन् । भारतमा धेरै स्कुल छन्, जसमध्ये केही स्कुल निकै लोकप्रिय छन् । सेलिब्रेटीका सन्तान कुन स्कुलमा पढ्न जान्छन् भन्ने कुरा तपाईंलाई पनि लाग्दो हो ।

अभिनेता अभिषेक बच्चन तथा अभिनेत्री ऐश्वर्या राय बच्चनकी छोरी आराध्या धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलमा पढ्छिन् । यो स्कुल नीता अम्बानीले सन् २००३ मा शुरु गरेकी थिइन् । बलिउडका किङ खान शाहरुख खानका छोरा अबराम पनि धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढ्छन् ।

अभिनेत्री माधुरी दिक्षित नेनेका दुई छोरा अरिन र रयान मुम्बईको ओबरोय इन्टरनेशनल स्कूलमा पढ्छन् । यो स्कुल भारतको टप स्कुलमध्ये एक हो । अभिनेता अक्षय कुमार र ट्विंकल खन्नाको छोरा आरवले जुहूस्थित इकोले मोंडिआले वल्र्ड स्कुलबाट पढाई पुरा गरेका हुन् । अक्षयकी छोरी निताराले पनि यही स्कुलमा पढेकी हुन् ।

अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैनका दुबै छोरा धीरुभाई अम्बानी स्कुलमा पढ्छन् । यो स्कुलमा एलकेजीदेखि लिएर सातौं कक्षासम्मको शुल्क १ लाख ७० हजारसम्म लिन्छ ।