सुनरीमैमा प्रिज्मा र प्रिन्सीसँग नाजिर

काठमाडौं । अष्ट्रेलियामा बसेर गीत लेखनमा सक्रिय गीतकार विश्व गौडेलको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको गीतमा दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ ।

भिडियोमा टिकटक ट्विन्स प्रिज्मा र प्रिन्सी खतिवडा तथा नाजिर हुसेन फिचर्ड छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, नवीन निरौलाको सम्पादन र गम्भीर विस्टको कोरियोग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ । भिडियोको निर्माता ब्लेक ब्रोस इन्टरटेनमेन्ट हो ।