युवराजको सांगीतिक दिलमा सजाउछु

काठमाडौं । गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘दिलमा सजाउछु’ बोलको गीतमा शंकर अधिकारी घायलको शब्द र संगीत छ ।

गीतको म्युजिक भिडियोमा रुपक धिमाल, रवी खड्का तथा अमृता मगर फिचर्ड छन् ।

गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा बनेको उक्त गीतको भिडियोमा कृष्ण पाण्डेको छायांकन र विश्वास भण्डारीको सम्पादन छ ।