रोशनको सांगीतिक निधारमा टीका छ

काठमाडौं । संगीतकार रोशन वान्तवाले ‘निधारमा टीका छ’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार बान्तवाकै शब्द तथा निर्मल मगर र एलिना उदासको स्वर छ ।

मोहन मगरले निर्देशन गरेको भिडियोमा मेलिना ठकुरी, सागर सिलवाल, गोपाल महतारा, रकी केसी, छुयाङ मगर, सुषमा आले र सुरेखा बस्नेतले अभिनय गरेका छन् ।

दसैं तिहारलाई लक्षित गरी यो गीत बनाइएको संगीतकार बान्तवाले बताए ।