एससँग फिदा भइन् रचना

काठमाडौं । गायिका रचना रिमाल र गायक एस लामाको स्वरमा रहेको गीत ‘फिदा भए’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मायालु प्रेमील जोडीको प्रेम प्रसंगलाई समेटिएको छ ।

मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनि मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ ।

भिडियोमा एस लामा, सन्ध्या अहंकारी फिचर्ड छन् । भिडियोमा सुरज खनालको छायांकन तथा सम्पादन भिडियोमा छ ।