सुनिलसँग एलिनाको मसला

काठमाडौं । ‘को होला त्यो मसँग आँखा जुधाउने’, ‘रोगै पिरती’, ‘सोल्टिनी भनी बोलाको’, ‘मुग्लान’ लगायतका गीतका गायक सुनिल गिरीको नयाँ गीत ‘मसला’ सार्वजनिक भएको छ । कोरोना कहरको समयमा पनि संगीत सिर्जनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको ’मसला’मा सुनिललाई स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छन् ।

भिडियोमा सुधिर श्रेष्ठ, बुद्धि तामाङ, जेबिका कार्की र विशाल रेग्मी फिचर्ड छन् । गायक स्वयमकै शब्द, संगीत र एरेन्ज गीतमा छ । गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

विकास दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन छायांकार हरि हुमागाईले गरेका छन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिकै च्यानलमार्फत सार्वजनिक गरिएको हो ।