दिलको अष्ट्रेलिया जाउली माया

काठमाडौं । कोरियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक दिल विश्वकर्माले ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डान्सिङ बिटको यस गीतमा प्रकाश न्यौपानेको शब्द, तिलक बस्नेतको संगीत र रमेश सेन्चुरीको एरेन्ज छ ।

भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर ( इकु) र सागर लम्साल ’बले’ फिचर्ड छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोमा उत्सव दहालको छायांकन, विकाश दहालको सम्पादन र मुस्कान ढकालको निर्देशन छ ।