अभिनेत्री मालवीमाथि आक्रमण

मुम्बई(एजेन्सी) । कैयौं हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेकी अभिनेत्री मालवी मल्होत्रामाथि आक्रमण भएको छ । आक्रमणपछि उनलाई मूम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । गए राती मालवीका एक पुराना साथीले नै उनीमाथि चाकुले शरीरका विभिन्न भागमा आक्रमण गरेका थिए ।

यो विषयमा मुम्बईको वर्सोवा प्रहरी थानामा उजुरी दर्ता गरिएको छ । यद्यपि उपचार पछि अभिनेत्रीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । मालवीले तेलगू र मलयालम फिल्ममा काम गरिसकेकी छन् ।

उनले हिन्दी फिल्ममा पनि अभिनय गरेकी छन् । उनले कलर टेलिभिजनमा ‘उडान’ शोमा पनि सहभागिता जनाइसकेकी छन् । उनी डीएवी सीपीएस स्कूल मण्डीकी छात्रा हुन् । उनले मुम्बईमा ६ महिने अभिनय कोर्ष पनि गरेकी छन् । उनी कविता लेख्न पनि शौखिन हुन् ।