मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त तत्काल राजनीतिमा नआउने भएका छन् । देशमा फैलिएको कोरोना महामारी र आफ्नो स्वास्थ्यलाई उनले प्रमुख कारण मानेका छन् । व्यापार विश्लेषक रमेश बालाले आफ्नो ट्वीटमा रजनीकान्त तत्काल राजनीतिमा नआउने जानकारी दिएका छन् ।
‘आजको ताजा समाचार । कैयौं मिडियाहरु भनिरहेका छन् कि सुपरस्टार रजनीकान्तले आफ्नो सल्लाहकारलाई एक आन्तरिक नोट लेखेका छन् । उनले नोटमा कोरोना र आफ्नो स्वास्थ्यका कारण तत्काल राजनीतिमा प्रवेश नगर्ने भनेका छन् । महामारीको दौरान पार्टीको घोषणा गर्नु सम्भव छैन’, उनले ट्वीट गरेका छन् ।
समाचार अनुसार रजनीकान्त यो महामारीको मौका पारेर राजनीतिमा पाइला चाल्न चाहदैनन् । सन् २०१६ मा उनले अमेरिकामा मृगौलाको ट्रान्सप्लान्ट गरेका थिए । उनले नोटमा कोभिड–१९ को भ्याक्सिन आउनु भन्दा अघि राजनीतिमा सक्रिय नहुने उल्लेख गरेका छन् ।
‘मलाई आफ्नो जिन्दगीको कुनै परवाह छैन । म मानिसको स्वास्थ्यलाई लिएर चिन्तित छु । मैले राजनीतिक बदलाव ल्याउने बाचा गरेको थिएँ । मलाई राजनीतिमा सक्रिय हुनु थियो । यहीबीचमा यदि मेरो स्वास्थ्य बिग्रियो भने राजनीतिक प्रक्रियामा नयाँ चुनौतिको सामना गर्नुपर्नेछ’, उनले लेखेका छन् ।