साथ निभाना साथिया २ बाट अलग्गिदै कोकिलाबेन

मुम्बई(एजेन्सी) । टेलिभिजनमा वर्षौपछि फर्किएको शो ‘साथ निभाना साथिया २’ले लगातार दर्शकको माया पाइरहेको छ । शोका तर्फबाट ध्यान तान्नका लागि हालैमात्र ‘रसोडे में कौन था’ संवाद पुनः रचना गरिएको थियो । जसमा कोकिलाबेन उर्फ रुपल पटेल देखिएकी थिइन् । अब यिनै रुपल चाँडै नै यो शोबाट बिदा हुँदैछिन् ।

समाचार अनुसार अभिनेत्रीले शोको शुरुवाती २० भागका लागि साइन गरेकी थिइन् । जुन नोभेम्बरको बीचमा पुरा हुँदैछ । कोकिलाबेन शोको एउटा प्रमुख भूमिका भएकाले पनि यस्तो अवस्थामा शो छोडेर जानु दर्शकका लागि निराश बनाउनेछ । यद्यपि निर्माताहरु उनको समय लम्ब्याउने कि भन्ने विचार गरिरहेका छन् ।

रुपलले शो छोड्ने र उनको अनुपस्थितिमा देखाइने कथा पहिला नै तयार पारिएको थियो । तर रुपलको लोकप्रियतालाई मध्यनजर गर्दै निर्माताहरुले यो योजनामा केही परिवर्तन गर्न सक्ने अनुमान लगाइएको छ । अहिले निर्माताहरु रुपललाई मनाउन लागिपरेका छन् । यो विषयमा रुपलको तर्फबाट उत्तर आउन बाँकी छ ।

‘साथ निभाना साथिया २’ अघि रुपल ‘ये रिश्ते है प्यार के’मा देखिएकी थिइन् । शोमा व्यस्तताका कारण उनले यो शोमा आउन अस्वीकार गरेकी थिइन् ।