सार्वजनिक ठाउँमा रुने यी सेलिब्रेटीहरु

मुम्बई(एजेन्सी) । बलिउड कलाकारहरु आफ्नो सार्वजनिक छविलाई लिएर निकै सतर्क रहन्छन् । लाखौं करोडौं फ्यान भएका यी प्रभावशाली स्टारहरु आफ्नो हरेक कार्य निकै सम्झेर र सोचेर गर्ने गर्छन् । तर यस्ता कैयौं अवस्था छन्, जहाँ यी स्टारहरु आफ्नो भावुक पनलाई रोक्न सकेका छैनन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोण एक कार्यक्रममा डिप्रेसनसँगको आफ्नो लडाईंको बारेमा बोलिरहँदा रोकएकी थिइन् । उनले कार्यक्रममा मानसिक बिरामीलाई लज्जाको विषयमा नहेर्न आग्रह गरेकी थिइन् ।

अभिनेता सलमान खान राजश्री मिडियाका सिइओ र आफ्ना साथी रजत बडजात्याको निधनमा निकै दुःखी भएका थिए । रजतको प्रेयर मिटमा उपस्थित हुँदा सलमानले आँशु नै खसालेका थिए । रजत प्रख्यात निर्देशक सूरज बडजात्याका भाई थिए । सूरजका साथ नै सलमानले प्रमुख अभिनेताका रुपमा सुपरहिट फिल्म ‘मैने प्यार किया’मा अभिनय गरेका थिए ।

अभिनेता रणवीर सिंह डान्स शो ‘सुपर डान्स च्याप्टर ३’को सेटमा एक उत्कृष्ट प्रस्तुतिपछि भावुक बनेका थिए । यसबाहेक उनले आफ्नो पहिलो फिल्म ‘बेण्ड बाजा बारात’का लागि बेस्ट एक्टर अवार्ड जितेपछि दिएको मन्तव्यका क्रममा उनको आँखामा आँशु प्रष्टै देखिन्थ्यो ।
अभिनेत्री आलिया भट्ट आफ्नो बहिनी शाहीन भट्टको डिप्रेसनको बारेमा कुरा गर्दा रोएकी थिइन् । यसबाहेक उनी दिल्लीमा आफ्नो मिल्ने साथीको विवाहका समयमा पनि रोएकी थिइन् ।

अर्की अभिनेत्री प्रीति जिन्टा आफ्नो आइपीएल टीम किंग्स इलेवन पन्जाबको हारका बेला निकै दुःखी भएकी थिइन् । उनी स्टेडियममै रोएकी थिइन् ।

अभिनेत्री सञ्जय दत्तलाई सन् १९९३ को मुम्बई बम धमाका मुद्धामा ५ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१३ मा यो आदेश आउनासाथ उनले पत्रकार सम्मेलन गरेर आफ्नो सजाय जेलमै बिताउने बताएका थिए । त्यो समयमा उनी आफ्नो बहिनीका साथ निकै भावुक भएका थिए ।

अभिनेता शाहरुख खान आफ्नो भावुकपनलाई नियन्त्रणमा राख्न सक्ने कलाकारका रुपमा चिनिन्छन् । तर निर्देशक तथा निर्माता यश चोपडाको निधनमा उनी निकै दुःखी भए र यी प्रख्यात निर्देशकको अन्तिम संस्कारमा उनी निकै भावुक भए ।

अभिनेता आमिर खान आफ्नो शो ‘सत्यमेव जयते’मा कैयौं पटक निकै भावुक बनेका थिए । उनी सलमान खानको फिल्म ‘बजरंगी भाइजान’को समयमा पनि निकै भावुक भएका थिए ।