जो बलिउडसँगै हलिउडमा लोकप्रिय छन्

मुम्बई(एजेन्सी)– हामी तपाईंलाई दस भारतीय कलाकारको सूची देखाउदैछौं, जो बलिउडसँगसँगै हलिउडमा पनि लोकप्रिय छन् । यी कलाकार जसले हलिउडमा पनि आफ्नो छाप छोडेका छन् । पूर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन विश्वमै लोकप्रिय अभिनेत्रीमा पर्दछिन् । ऐश्वर्याले कैयौं हलिउड फिल्ममा अभिनय गरेकी छन्, जसमा ‘ब्राइड एण्ड प्रेजुडिस’, ‘द मिस्ट्रेस अफ स्पाइसेस’, ‘द पिंक पेन्थर २’ र ‘द लास्ट लीजन’ छन् ।

अभिनेत्री प्रियंका चोपडा बलिउडकी सफल कलाकारमा पर्छिन् । जसले अहिले हलिउडमा आफ्नो करियर बनाएकी छन् । टेलिभिजन शो ‘क्वान्टिको’मा मुख्य भूमिका निभाएसँगै उनको हलिउड यात्रा शूरु भएको थियो । यो शोलाई अमेरिका र भारतमा निकै रुचाइयो । यो शोको सुटिङको समयमा उनले बलिउडको ब्लकब्लष्टर फिल्म ‘बाजीराव मस्तानी’मा प्रमुख भूमिका निभाएकी थिइन् । जसका लागि उनले आइफा र फिल्म फेयर पुरस्कार पनि पाइन् । सन् २०१७ मा रिलिज फिल्म ‘बेवाच’मा पनि प्रियंका देखिइन् । उनी चाँडै नै हलिउडका केही प्रोजेक्टमा देखिँदैछिन् ।

अभिनेत्री दीपिका पादुकोण हलिउड पुग्ने दीपिका सबैभन्दा ठूलो भारतीय अभिनेत्रीमध्ये एक हुन् । जबकी बलिउडमा उनको करियर चरम अवस्थामा पुगिसकेको छ । दीपिकाको चर्चा यो समयमा बक्सअफिस र पारिश्रमिकको मामलामा अगाडि छ । उनी ‘एक्सएक्सएक्सः द रिटर्न अफ जेण्डर केज’ एक्शन फ्लिकमा विन डीजलका साथ अभिनय गरिसकेकी छन् ।

अभिनेत्री फ्रिडा पिन्टोले डेनी बोयलको फिल्म ‘स्लमडग मिलियनेयर’बाट आफ्नो करियरको शुरुवात गरेकी थिइन् । यो फिल्मले उनलाई अन्तर्राष्ट्रिय स्तरमै ख्याती दिलायो । यद्यपि उनले बलिउडमा आफ्नो करियर बनाइनन् । तर उनको हलिउड सूची लामो र बहुमुखी छ । जसमा वुडी एलेनका ‘यू विल मीट ए टाल डार्क स्ट्रेन्जर’, ‘राइज अफ द प्लेनेट अफ एप्स’ र ‘इम्मोर्टल्स’ प्रमुख छन् ।

अभिनेता अनिल कपुर भारतीय उपमहाद्वीपमा एक घरेलु नाम हो । अब उनी हलिउडमा पनि विश्वस्तरमाझ लोकप्रिय छन् । लोकप्रिय टेलिभिजन शो ‘२४’ र डेनी बोयलको ‘स्लमडग मिलेनियर’मा उनले दमदार अभिनय गरिसकेका छन् ।  ‘बेण्ड इट लाइक बेकहम’ र ‘सिल्भर लाइनिङ्स प्लेबुक’मा दमदार भूमिकामा देखिएका अभिनेता अनुपम खेर हलिउडमा फिल्म निर्माताका लागि चिनिएका अनुहार बनिसकेका छन् । यी अभिनेता ‘द बिग स्लिक’मा पनि देखिइसकेका छन् ।

अभिनेता ओम पुरीले एक शानदार करियरका साथ पाकिस्तानी र ब्रिटिस फिल्मसहित विश्वभरका विभिन्न फिल्ममा अभिनय गरेका छन् । उनले रिचर्ड एटनबरोको ‘गान्धी’, रोलाण्ड जोफेको सिटी अफ जोय’, माइकल विन्टरबोटमको ‘कोड ४६’ र डेमियन ओडोनेलको ब्रिटिश कमेडी ‘इस्ट इस्ट’मा काम गरिसकेका छन् । फिल्ममा खलनायकको भूमिकामा दमदार अभिनय गर्ने अभिनेता गुलशन ग्रोवरले पनि हलिउडका ‘द सेकेण्ड जंगल बुक’, ‘प्रिजनर्स अफ द सन’, ‘ब्लाइण्ड एम्बिशन’ र ‘बलीवुड ब्राइड’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।

त्यस्तै अभिनेता इरफान खानले ‘इन्फर्नो’, ‘लाइफ अफ पाई’ र ‘द अमेजिङ स्पाइडर मेन’जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । अभिनेता नसीरुद्दीन शाहले ‘मनसून वेडिङ’, ‘द लीग अफ एक्स्ट्राओर्डिनरी जेन्टलमेन’ र ‘द ग्रेट न्यू वन्डरफुल’मा काम गरिसकेका छन् ।