ए सानुमा आदित्य र एलिना

काठमाडौं । भिडियो निर्देशक तथा फिल्मका कलाकार आदित्य बुढाथोकीको स्वर रहेको गीत ‘ए सानु’को भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई एलिना चौहानले साथ दिएकी छन् । गीतमा आदित्यकै संगीत, बिमला हुमागाईको शब्द तथा सुन्दर लामाको एरेन्ज र मिक्सिङ तथा मास्टरिङ छ ।

धुलिखेलको मिराबेल रिसोर्टमा छायांकन गरिएको भिडियोमा दिक्पाल कार्की र सुनिशा बजगाईसँगै सक्षम पुडासैनी र प्रिती गौतमी विश्वकर्मा फिचर्ड छन् । भिडियोमा मुकेश हुमागाईको छायांकन, पदम सुवेदीको सम्पादन, शिव बिकको कोरियोग्राफी छ ।

बिमला हुमागाईं निर्माता रहेको भिडियोमा आदित्य बुढाथोकीकै निर्देशन छ । भिडियोमा अमरकृष्ण चन्द सहायक निर्देशक छन् । भिडियो बोध नलेज इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।