ट्रेण्डिङमा प्रदीपको १२ मासे

काठमाडौं । कमेडी फिल्म ‘१२ मासे’ यु ट्युबमा सार्वजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो फिल्म एक हप्ता अघि हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको फिल्मलाई यु ट्युबमा हेर्ने दर्शकले मन पराएका छन् ।

नक्कली प्रचण्डको नामले परिचित हाँस्य कलाकार प्रदिप पाठकले लेखन तथा निर्माण गरेको फिल्म ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङमा परेको छ ।लय संग्रौलाले निर्देशन गरेको फिल्ममा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको फिल्मलाइ अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।