पक्राउपछि रिहा भए विजय राज

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता विजय राजलाई गोडिया प्रहरीले छेडछाडको आरोपमा पक्राउ गरेको छ । यद्यपि स्थानीय अदालतबाट उनी जमानतमा रिहा भए । विजय राजमाथि उनको एक सह–कलाकारले उत्पीडनको आरोप लगाएका थिए ।

समाचार अनुसार विजयलाई महाराष्ट्रको गोडियामा रहेको एक होटलबाट पक्राउ गरिएको थियो । गोडियाका एडिसनल एसपी अतुल कुलकर्णीका अनुसार विजयलाई सोमबार गिरफ्तार गरिएको थियो । उनीमाथि महिला क्रु सदस्यले छेडछाडको आरोप लगाएकी थिइन् । विजय मध्य प्रदेशको बालाघाटमा फिल्म ‘शेरनी’को सुटिङ गरिरहेका थिए । जहाँबाट युनिट विदर्भ इलाकाको गोडियामा सुटका लागि गएको थियो । त्यहाँ सबैजना एक होटलमा बसेका थिए । त्यही होटलमा ती सदस्यमाथि छेडछाडको आरोप लागेको थियो ।

समाचार अनुसार विजयलाई आरोप लागेपछि फिल्मको सुटिङ रोकिएको थियो । ‘शेरनी’लाई अमित मासूरकरले निर्देशन गरिरहेका छन् । फिल्ममा विद्या वालन फिमेल लिड रोलमा छिन् । उनी वन अधिकृतको भूमिकामा छिन् ।

५७ सालका विजय बलिउडका राम्रो कलाकार मानिन्छन् । उनले ‘धमाल’, ‘वेलकम’, ‘दीवाने हुए पागल’, ‘रघु रोमियो’, ‘मुम्बई एक्सप्रेस’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । विजय कैयौं वर्ष पहिले ड्रग्स राखेको आरोपमा पक्राउ परेका थिए । त्यो बेला नेगेटिभ रिपोर्ट आएपछि उनलाई छोडिएको थियो । उनलाई रिा गर्नका लागि बलिउडका धेरै कलाकारले सहयोग गरेका थिए ।