तिम्रो साथ बिनामा राजु लामा

काठमाडौं । मंगोलियन हर्ट व्याण्डका गायक राजु लामाको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कुमार स्याङग्बाको शब्द र निमा लामा दोङको संगीत छ । राजुलाई स्वरमा गायिका निर्मला घिसिङले साथ दिएकी छन् ।

दोलखाको पर्यटकीय स्थल कालिञ्चोकमा छायांकन गरिएको गीतको भिडियोमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ । अजय स्याङताङले निर्देशन गरेको गीतमा विक्रम मोक्तान र चक्र महर्जनको छायांकन तथा आसमानसँगै विना घलानको लगानी रहेको छ ।

दोलखाको पर्यटकीय संभावनालाई ध्यानमा राखेर कालिञ्चोकमै छायाँकन गरेको निर्माण पक्षले जानकारी दिएका छन् ।