सरिताको मन पराउछु माया गर्छु

धरान । पूर्वेली गायिका सरिता राईको नयाँ गीत ‘मन पराउँछु माया गर्छु’ को म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

धरानस्थित नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन र कुन्दन राईको एरेन्ज छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको छ । आफूले मन पराएको मायालुलाई अङ्गालोमा बाध्न नपाउँदाको पीडालाई गीतमा समेटिएको छ ।

गीतको भिडियोलाई ‘हङकङभित्र’ पुस्तकका लेखक क्रान्ति सुब्बाले निर्माण गरेका छन् । शिरकुमार साङपाङको छायाङ्कन तथा बसन्त उम्बुले राईको सम्पादन तथा निर्देशन रहेको भिडियोमा गायिका सरिता, कृष्णकुमार राई र सविना लिम्बूको अभिनय छ । म्युजिक भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय एवम् पर्यटकीय सम्भावना बोकेका स्थानहरुलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रममा निर्माता क्रान्ति सुब्बाले गायक गंगा बरदानलाई नगद १० हजार रूपैयाँ सहयोग गरेका थिए ।