सुकुटे बिचमा रमाए केकी र सुधिर

काठमाडौं । गायिका नेहा खड्का र गायक निशान भट्टराईको स्वरमा रहेको लोक आधुनिक गीत ‘सुकुटे बिच’ सार्वजनिक भएको छ । गीतमा नेहाकै शब्द तथा संगीत र राजु कार्कीको म्युजिक एरेन्ज÷मिक्सिङ÷मास्टरिङ छ । सागर खड्काको निर्माणमा बनेको भिडियोमा सन्तोष राजबाहकको निर्देशन छ ।

भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकेट बिचमा छायांकन गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, डिनसन शाहको सम्पादन छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ ।