उषालाई के सुनाउदैछन् आकाश ?

काठमाडौं । स्वर्गीय आशिष तामाङलाई समर्पित गर्दै उनको सम्झनामा ‘सुनन’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा सुशील श्रेष्ठ ‘जुजु’ को स्वर तथा आशिषको शब्द र संगीत रहेको छ ।

भिडियोमा आकाश श्रेष्ठ, उषा उप्रेती र प्रकाश जिसी फिचर्ड छन् । आचार्य गोपालको निर्देशनमा बनेको भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ ।

काजीबहादुर श्रेष्ठको लगानी रहेको भिडियो गायक श्रेष्ठको अफिसियल युट्युब च्यानल जुजु क्रियशन मार्फत भिडियो सार्वजनिक गरिएको हो ।