राजेशपायल र निलमले सम्झिए पूर्वै शहर

काठमाडौं । भर्सटायल गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’को भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको गीतमा आलोक चाम्लिङ राईको शब्द छ । गीतले प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई प्रस्तुत गरेको छ ।

सन्तकुमार राईले निर्देशन गरेको भिडियोमा सन्तोष राई र सलिना थापा मगर फिचर्ड छन् । सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको छ । भिडियोमा बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रुपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनरसमेत गर्दै आएका सुमन श्रेष्ठको छायांकन छ ।

निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केहि टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् । केही टेलिश्रृंखलासमेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको फिल्म ‘ढ्वाङ्कुम’को निर्देशन पनि गरेका छन् ।