बिकिनी नछुने यी अभिनेत्री

मुम्बईं(एजेन्सी) । अभिनयको दुनियाँमा बिकिनी लगाउनु सामान्य कुरा हो । केहीले त यति हिरोइन नै हो भने बोल्ड कपडा लगाउनै पर्छ भन्ने मान्यता राख्छन् । बिकिनी लगाएको तस्बिर पोस्ट गरेमा फ्यान फलोइङ बढ्छ भन्ने भनाइ पनि छ । तर टेलिभिजनका यस्ता केही अभिनेत्री छन् जो यी कुरालाई गलत साबित गरिसकेका छन् । अर्थात् उनीहरुले कहिल्यै बिकिनी लगाएनन् ।

‘इश्क मे मरजावाँ’ फेम अभिनेत्री अलीशा पंवार सामाजिक सन्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फलोइङ पनि राम्रो छ । उनले आफ्नो अभिनय करियरमा बिकिनी त के कहिल्यै बोल्ड कपडा पनि छोइनन् ।

टेलिभिजन उद्योगकी महंगी अभिनेत्री दिव्यांका त्रिपाठीले आफ्नो अभिनय करियरमा अहिलेसम्म बिकिनी लगाएकी छैनन् । ‘जोधा अकबर’ जस्तो शोबाट लोकप्रियता कमाएकी अभिनेत्री परिधि शर्मा पनि बिकिनी नलगाउने अभिनेत्रीको सूचीमा पर्छिन् ।

अर्की अभिनेत्री कृतिका सेंगरले आजसम्म कुनै पनि शोमा इन्टिमेट सिन दिएकी छैनन् । न त उनले कुनै बिकिनीमा हात नै लगाएकी छन् । ‘पवित्र रिश्ता’बाट चर्चा कमाएकी अभिनेत्री अंकिता लोखण्डेको फ्यान फलोइङ झनै राम्रो छ । उनले हालसम्म बलिउडमा दुई फिल्ममा पनि काम गरिसकेकी छन् । तर कसैले पनि हालसम्म उनको बिकिनी तस्बिर देख्न पाएका छैनन् ।
‘ससुराल सिमर का’ फेम दीपिका कक्कडले पनि बिकिनी नलगाउने कसन नै खाएकी छन् ।

‘कहानी घर घर की’ र ‘बडे अच्छे लगते हैं’ फेम साक्षी तंवरले पर्दामा जहिल्यै पनि एक संस्कारी बुहारीको भूमिका निभाएकी छन् । उनले पनि आफ्नो करियरमा कहिल्यै पनि बिकिनीलाई हात लगाएकी छैनन् । उनको फ्यान फलोइङ कुनै बलिउड अभिनेत्रीको भन्दा कम छैन ।

टेलिभिजन उद्योगकी प्रख्यात अभिनेत्री शिवांगी जोशी आफ्नो शैलीका कारण लोकप्रिय छिन् । फ्यान फलोइङ राम्रो भए पनि उनले हालसम्म बिकिनीमा फोटोसुट गराएकी छैनन् । टेलिभजिन अभिनेत्री सना आमीन शेखले पनि हालसम्म बोल्ड ड्रेस लगाएकी छैनन् ।