सपना मेरो लिएर आइन् बिमोचना

काठमाडौं । लोक गायिका आमा डेजी बराईलीको स्वरमा रहेको गीत ‘भैसी लड्यो है’ गाएर भ्वाइस अफ नेपालको मञ्चबाट आफुलाई परिचित गराउन सफल गायिका बिमोचना लम्जेलको नयाँ गीत ‘सपना मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एक युवतीको भविष्यको सपना र कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन् । गीतमा संगीत गायिका लम्जेल र दार्जिलिङका संगीतकार र गितारवादक अनित थापाको रहेको छ ।

दार्जिलिङमा रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायांकन गरिएको हो । म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ । अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लम्जेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।