जो सुटिङमा घाइते भए

मुम्बई(एजेन्सी) । हामीलाई फिल्म हेर्न जति मजा लाग्छ, त्यो फिल्म बनाउन फिल्म युनिटलाई उत्तिकै मेहनत गर्नुपर्छ । यहाँसम्मकी सुटिङमा राम्रो काम गर्ने क्रममा कतिपय कलाकारहरु घाइतेसमेत भएका छन् ।

अभिनेता अक्षय कुमार आफ्नो सबै स्टन्ट आफैं गर्न रुचाउछन् । यहीकारण उनी कैयौंपटक स्टन्ट गरिरहँदा घाइते पनि भएका छन् । एक यस्तै घटना अक्षयले फिल्म ‘सिंह इज ब्लिङ’को सुटिङमा भोग्नुपर्यो । फिल्ममा अक्षय एक फायर रिंगबाट जानुपर्ने थियो । तर यो स्टन्टको समयमा उनको खुट्टामा आगोले पोलेको थियो । तर आगोलाई नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना हुन पाएन ।

अभिनेत्री परिणीति चोपडा चाँडै नै ब्याडमिन्टन खेलाडी सायना नेहवालको बायोपिकमा देखिँदैछिन् । यद्यपि यो फिल्मको सुटिङका क्रममा उनले कैयौं पटक घाइते हुनुपर्यो । उनले नियमित रुपमा एक चिकित्सकको निगरानीमा फिजियोथेरापी नै गर्नुपर्यो ।

फिल्म ‘कुली नम्बर २’को सुटिङका समयमा गोवामा अभिनेता वरुण धवन घाइते भएका थिए । त्यो घाइते हुँदाको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।

फिल्म ‘मलंग’को समयमा पानीमा सुटिङ भइरहँदा एक दृश्यमा अभिनेत्री दिशा पटानी घाइते भइन् । तर पनि उनले आफूलाई फिट बनाएर सुटिङ सुचारु गरिन् । उनले नडराई पानी मुनी र समुन्द्रको लहरमा खतरनाक स्टन्ट दिएकी थिइन् ।

फिल्म ‘पद्यावत’को सुटिङका समयमा अभिनेता रणवीर सिंह घाइते भएका थिए । एक दृश्यको सुटिङका क्रममा उनको टाउकोमा चोट लागेको थियो । जसको फोटो तथा भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।