सगरमाथा आरोहीको सम्मानमा डीआरको गीत

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने व्यक्तित्वहरूको सम्मान स्वरूप तयार पारिएको कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘विश्वभरी अमर बनेका छन्‘’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने धेरै व्यक्तित्वहरूको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो ।

फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रेकर्ड कायम गरेका थिए । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।

सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।