आकाशैकोमा रोमान्टिक रोचक र मुना

काठमाडौं । गायक विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको ‘आकाशैको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो । कानुन विषयमा स्नातक गरेका रोचक हाल एभरेस्ट फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेका छन् । त्यस्तै ‘फेस अफ क्लासिक डायमंड २०१७’ विजेता मुनाले केहि समय अघि ‘रंग लगाया तुने’ बोलको हिन्दी गीतको भिडियोमा पनि अभिनय गरेकी थिईन् । केहि नेपाली फिल्ममा समेत काम गरिसकेकी मुनाले यसै भिडियो मार्फत कमब्याक गरेकी हुन् ।

विशाल प्रजापतिको छायांकन र उज्वल ढकालको सम्पादन रहेको भिडियोको छायांकन होटेल याक एण्ड यति, होटेल साम्बाला, रिगल स्टुडियो, बबरमहल रिभिजिटेड साथै हेलम्बुको मनमोहक स्थानमा गरिएको हो । गायिका परियायरले केही समय अघि ‘कुन शुरुवात’ बोलको गीत सार्बजनिक गरेकी थिईन् ।