यो धड्कनमा रोमान्टिक एलिजा

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक विशाल निरौलाको स्वरमा रहेको गीत ‘यो धड्कन’ को भिडियो सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका छन् ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा एलिजा गौतम र आशिषकुमार फिचर्ड छन् । एलिजा यतिबेला एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त छिन् । यता मोडल आशिष ‘मिस्टर रौनियार २०१९’ का विजेता हुन् । उनको यो पहिलो भिडियो हो ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको संगीत खेम सरु मगरले गरेका हुन् भने एरेन्ज विशाल निरौलाको छ । भिडियोमा एलेन मगरको छायांकन, एकान्त मगरको सम्पादन छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।