जुम्ल्याहा दिदीबहिनीसँग मुन्द्रेको रोमान्स

काठमाडौं। हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल तथा कलाकार जितु नेपाल ‘मुन्द्रे’ फिचर्ड छन् ।

समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेको गीतको भिडियोमा जितुले पनि पहिलो पटक अभिनय गरेका हुन् । आफूले अहिले सम्म म्युजिक भिडियोमा अभिनय नगरेको भएता पनि पहिलो पटक नाँच्दा रमाइलो अनुभव भएको बताए ।

गीतमा राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगित संयोजन छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा विकास दाहालको सम्पादन तथा ज्ञानेन्द्र शर्माको छायांकन छ ।

गीतमा जीतु नेपाल, समारिका, स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामालगायतका कलाकारको अभिनय रहेको छ । गीतको भिडियो राजाराजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।