माईबेनी मेलैमा फुलन्देकी आमादेखि काउली बुढीसम्म

काठमाडौं । गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको स्वरमा रहेको ‘माईबेनी मेलैमा’गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । गीतमा डिआर अटुको शब्द तथा संगीत छ ।

भिडियोमा बुद्ध थापाको छायांकन, विकाश धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशन छ । गीतको भिडियोमा उमेश राई ‘फुलन्देकी आमा’, सन्ध्या बुढा, निरान्जली लामा र विशाल सिनेहाङको अभिनय रहेको छ ।