पोस्ट प्रोडक्सनमा दिनेशको तलाश

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा फिल्म ‘तलाश’ यतिबेला पोस्ट प्रोडक्सन चरणमा छ । पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा दिनेश लिङ्देनको निर्देशन छ । फिल्ममा उनकै कथा लेखन छ ।

फिल्ममा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहेको छ ।

दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने फिल्ममा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ ।