चिलगाडीमा कालीको संगीत

काठमाडौं । सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्म ‘चिलगाडी’ मा संगीतकार कालीप्रसाद बास्कोटा अनुबन्धित भएका छन् । गीतका संगीतकार बास्कोटा बीच ‘चिलगाडी’को लागि निर्माता र निर्देशक सहित बसेर सम्झौता भएको छ ।

फिल्ममा मुख्य अभिनेतामा नाजिर हुसेन अनुबन्ध भईसकेका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिसेष सन्देश समेत बोक्ने छ। फिल्मले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ ।

फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले फिल्मको निर्देशन गर्नेछन । सागर प्रधानले छायांकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकी रहेको छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको फिल्म २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।