मानसिक तनावमा सुशान्तको परिवार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको पनि ५ महिना पुगेको छ । उनको मृत्युको बारेमा सीबीआईले अनुसन्धान गरे पनि उनको मृत्युसँग जोडिएर नयाँ कुरा केही बाहिर आएको छैन । जकसारण सुशान्तको परिवार मानसिक तनावमा छन् ।

सुशान्तकी बहिनी श्वेता सिंह कीर्ति सामाजिक सन्जालका माध्यमबाट निरन्तर रुपमा न्याय मागिरहेकी छन् । उनले आफ्नो ट्विटर, इन्स्टाग्राम अकाउन्टमा तस्बिर शेयर गरेर सुशान्त मामलामा न्यायको माग गरेकी हुन् । तर लामो समयदेखि सुशान्तको मामलामा कुनै पनि प्रकारको सीबीआईको नयाँ अपडेट आउन नसक्दा परिवार तनावग्रस्त बनेको हो ।

‘मैले आफ्नो हृदयको पीडा कम गर्नका लागि नयाँ बाटो खोजेकी छु । मैले अहिले छोराछोरीलाई भागवत गीता सिकाइरहेको छु । मानसिक तनाव र निराशालाई नियन्त्रणमा लिनका लागि यो काम नै उपयुक्र्त लाग्यो । जब हामी कुनै समस्या वा पीडामा पर्छौ, त्यसबाट बाहिर निस्कने शक्ति हामीले भगवानबाट नै पाउछौं । उहाँले हामीलाई सही बाटो देखाउनुहुन्छ र भरोसा दिलाउनुहुन्छ’, उनले लेखेकी छन् ।

जून १४ मा सुशान्त मुम्बईको आफ्नो घरमा मृत भेटिएका थिए । त्यसपछि पहिला बिहार पुलिस, मुम्बई पुलिस त्यो मामलालाई सुल्झाउने प्रयास गरिरहेको थियो । तर केही हुन सकेन । त्यसपछि मामला सीबीआईलाई बुझाइयो । सीबीआईले अहिले पनि यो मामलामा जाँच गरिरहेको छु । मामलामा सुशान्तको परिवारले उनकी प्रेमिका रिया चक्रवर्तीलाई दोषी ठहराएको थियो । त्यसपछि उनको विरुद्ध मुद्धघा दर्ता भयो र कारवाही पनि शुरु भयो । तर केही हात नलगेपछि उनलाई अदालतले जमानतमा छोड्यो ।