रानीले गाइन् चियाबारीमा

काठमाडौं । गायिका रानी शाक्यको स्वर रहेको मौलिक गीत ‘चियाबारीमा’को भिडियो सार्वजनिक भएको छ ।  पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिकपनलाई निकै कलात्मक रुपमा समेटिएको छ ।

इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । हरि उप्रेतीको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ ।

भिडियोमा रविना प्रधान, सन्तु थापा मगर, भुपाल बुढाथोकी र विक्रम धिमालको अभिनय छ । ज्ञानु राईको छायांकन, सुवाश लिम्बुको सम्पादन तथा उसा मलाहा (सिम्रन)को निर्देशन भिडियोमा छ ।