बाजातालमा रमाए निर्मल र पुजन

काठमाडौं । गायक भुवन सापकोटा र गायिका जुना शिरिश मगरको स्वर रहेको गीत ‘बाजातालमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा भुवनकै शब्द र संगीत तथा विनोद बाजुरालीको संगीत संयोजन छ ।

सिर्जन बरालले निर्देशन गरेको भिडियोमा निर्मल क्षेत्री र पुजन घिमिरे फिचर्ड छन् । सिर्जनकै छायांकन रहेको भिडियोमा अमृत चापागाईको सम्पादन छ ।

म्युजिक भिडियोलाई गायकद्वय भुवन सापकोटाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।