बारीको कर्कलोमा केकी र प्रकाशको ठुम्का

काठमाडौं । गीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको नयाँ गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् ।

गीतमा विजय दर्पणको शब्द, योगेश काजीको सङ्गीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा अजय रेग्मीको छायांकन तथा ड्रोन र राजिव समरको कोरियोग्राफी रहेको छ । गीतकार विजय अमेरिकामा बसोबासरत छन् ।