मुम्बई(एजेन्सी) । बीग बोस १३ की प्रतिष्पर्धी तथा टेलिभिजनकी चर्चित अभिनेत्री देवोलीना भट्टाचार्जीले सिरियल ‘साथ निभाना साथिया २’ छोड्ने भएकी छन् । यसअघि कोकिला बेनको भूमिकामा अभिनय गर्ने अभिनेत्री रुपल पटेलले पनि शोबाट एक महिना भित्र बिदा हुने जानकारी दिएकी थिइन् । देवोलीनाले ‘साथ निभाना साथिया २’ का लागि अन्तिम भागको छायांकन पुरा गरिसकेकी छन् । यो भाग नोभेम्बर २३ मा अनएयर हुनेछ ।
समाचार देवोलीना एक्लैले शोलाई छोड्नै छैनन् । उनको साथमा अभिनेत्री स्वाती शाह, बन्दना विठलानी र अभिनेता मोहम्मद नजीम पनि साथै हुनेछन् । यी सबै सदस्यहरु मोदी परिवारको सदस्यको भूमिका निभाइरहेका थिए । यसमा केही कलाकारले ११ नोभेम्बरमा आफ्नो अन्तिम भागको छायांकन गरिसकेका छन् । मोदी परिवारको कथा देसाई परिवारमाथि निकै हावी हुँदै आएको आलोचना भइरहेको थियो ।
त्यही कारण पनि निर्माताले मोदी परिवारको कथालाई टुंग्याउने निर्णय लिएको हो । यो निर्णयसँगै देसाई परिवारमा अन्य नयाँ सदस्यलाई स्थान दिइनेछ । उनीहरुको यात्रा ‘साथ निभाना साथिया २’ मा अझ बढ्नेछ । शोमा अहिले देसाई र मोदी परिवारको दूई कथा चलिरहेको छ । यद्यपि यी दुई कथा अलग अलग दिशामा चलिरहेका छन् । जसमा एकअर्काको केही मिल्दैन ।